१६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेका रौतहट जिल्ला गोनाही गाउँपालिका–८ का २० वर्षीय रुपेश रामलाई जिल्ला अदालत चितवनको असोज १३ गतेको फैसलाले एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्ययाधीश हेमन्त रावलको इजलासले आंशिक अभियोग पुष्टि हुने उल्लेख गर्दै उक्त फैसला सुनाएको श्रेष्तेदार ईश्वर आचार्यले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडित बालिकालाई रामले गत०७६ जेठ २२ गते बलात्कार गरेको भन्दै पीडित आफैँले जिल्ला प्रहरी कार्यालय चितवनमा जेठ ३१ गते उजुरी दिएकी थिइन् ।
प्रहरीले जेठ ३० गते नै आरोपितलाई गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १ गते भरतपुर अस्पतालमा गरिएको थियो ।