१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा–१४ का २४ वर्षीय नविन बोहोरालाई असोज ११ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७६ फागुन १३ गते बलात्कार गरेको र चार महिनाको गर्भ रहेको भन्दै पीडितले असोज ५ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिनु भएको थियो ।
पीडितको उजुरीको आधारमा बलात्कार कसुरमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।