INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदर्शनका क्रममा प्रहरीद्वारा कुटपिट भएको घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँको माइतीघरमण्डला लगायतका स्थानमा भएको प्रदर्शनमा सर्वसाधारणमाथि प्रहरीद्वारा भएको कुटपिट घटनाबारे छानबिन गर्न नेपाल प्रहरीले असोज ३ गते एक समिति गठन गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै माइतीघरमण्डलामा भएको प्रदर्शनमा भदौ ३१ गते पर्साका ३२ वर्षीय बब्लु गुप्ता र असोज २ गते बिजुजीबजार क्षेत्रको प्रदर्शनमा काठमाडौँ महानगरपालिका–१२ का ३३ वर्षीय मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको हो ।

प्रदर्शनन तथा भिड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरीले गुप्तालाई नियन्त्रणमा लिइसकेपछि पनि कुटपिट गरेको थियो भने श्रेष्ठको कुटपिटबाट टाउकोमा चोट लागेको छ ।

दुवै घटनामा प्रहरीले सार्वसाधारणमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

सो समितिमा डीएसपी भवेश रिमाल र इन्स्पेक्टर विष्णुप्रदीप बस्याल छन् । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

अन्य

भिडियो