२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले सियारी गाउँपालिका–१ का २४ वर्षीय अमरन मल्लाह विरूद्ध भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।
पीडितलाई आरोपितले डर देखाएर ०७६ चैत देखि बलात्कार गर्दै आएकोमा अन्तिम पटक जेठ २२ गते बलात्कार गरेको र बलात्कारबाट २० हप्ताको गर्भ रहेको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी खडक बहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २८ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।