दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–१३ का ४९ वर्षीय हरिप्रसाद पन्थीलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।
पीडतलाई आरोपितले भदौ २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २२ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।
यसैगरी, १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ का २३ वर्षीय अम्मरसिंह लोध विरुद्ध भदौ २४ गते उजुरी दर्ता गरेको छन् ।
पीडितलाई आरोपितले विभिन्न प्रलोभन देखाई पटक पटक बलात्कार गरेको र अन्तिम पटक भदौ १६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले २२ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको सई डेलम्बर घिमिरेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १८ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।