१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–४ बाढिपीडितका ३१ वर्षीय राजकुमार कार्कीलाई भदौ २२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ २१ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २२ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर होमनाथ रेग्मीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २२ गते पृथ्बी चन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।