INSEC Online

📅 २०८३ जेष्ठ २१

बटेश्वरमा प्रहरी र स्थानीयबिच झडप, प्रहरीसहित पाँच जना घाइते

बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा भदौ २१ गते राति प्रहरी र स्थानीयबासिन्दाबिच भएको झडपमा परेर दुई जना प्रहरी र तीन जना स्थानीय घाइते भएका छन् ।

औरही खोलामा बगेर आएको सखुवा काठको गोलियाको विषयमा प्रहरी र स्थानीयबिच झडप भएको हो ।

झडपमा इलाका प्रहरी कार्यालयका ३५ वर्षीय इन्स्पेक्टर दीपक राय र ३० वर्षीय प्रहरी जवान रामविश्वास परुक घाइते भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका सई मो. मुस्तफाले जानकारी दिनु भयो ।

घाइते प्रहरीहरूको उपचार महेन्द्रनगर क्लिनिकमा गरिएको छ । घाइते इन्स्पेक्टर दिपक रायको निधारमा ६ ओटा टाँका लगाइएको छ ।

प्रहरीको लाठीचार्जबाट बटेश्वर गाउँपालिका–५ का सन्तोष सदा, २० वर्षीया दिलिप सदा र ३५ वर्षीया तेतरी सदा घाइते भएका छन् ।

घाइतेहरूको उपचार जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा रमदैयामा भइरहेको स्थानीय अजयकुमार राउतले जानकारी दिनु भयो ।

बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बिच भएर बग्ने औरही खोलामा भदौ २१ गते दिउँसो शान्तिपुरका स्थानीयले तीन फिट मोटो सखुवाको काठको गोलिया भेटेका थिए ।

भेटिएको गोलिया प्रहरीले राति ९ बजे तिर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर लैजान लागेको बेला स्थानीयले गरेको अवरोधका कारण दुवै पक्षबिच झडप भएको हो ।

प्रहरीेले उक्त काठको गोलिया कारबाहीको लागि इलाकामा लग्ने र स्थानीयले उक्त गोलिया गाउँलेको हुनुपर्ने विषयमा विवाद भएको थियो ।

अन्य

भिडियो