भलायडाँडा-९ ध्वाँसेकी २६ वर्षीया शोभा सदालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति पुकन सदालाई पुस ६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई पुस ५ गते मदिरा सेवन गरी घर पुगेका आरोपितले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए ।
घटनाको भोलिपल्ट पुस ६ गते घटनास्थल पुगेको प्रहरीको टोलीलाई आरोपितले लडेर मृत्यु भएको बयान दिएपछि पतिले नै हत्या गरेको हुन सक्ने आशङ्का गर्दै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको रानाले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि पुस ६ गते नै जिल्ला अस्पताल ल्याइएको भएपनि यो समाचार तयार पार्दासम्म पोष्टमार्टम गर्न भने बाँकी नै रहेको प्रहरीले जनाएको छ ।