INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्ता गिरफ्तार

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका युवा संगठन सल्यानका जिल्ला सदस्य शारदा नपा–१४ का २२ वर्षीय प्रकाश गिरी र बागचौर नपा–३ का १८ वर्षीय गोरख केसीलाइ प्रहरीले भदौ १४ गते गिरफ्तार गरेको छ ।

कुमाख गाउँपालिका–६ स्थित मौलाहाल्ने बजारमा चन्दा असुली गरीरहेको अवस्थामा  १५ हजार रूपियाँ र एउटा मोटरसाइकल सहित घटनास्थलबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

प्रकाश गिरीको साथमा भारतीय १ हजार र नेपाली २३ हजार ३ सय ३० रूपियाँँ फेला परेको र उक्त रकम चन्दा भए नभएको अनुसन्धानपछि मात्र भन्न सकिने डिएसपी खतिवडाको भनाई छ।

आफ्ना कार्यकर्तालाइ बिना कारण गिरफ्तार गरिएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले भदौ १५ गते प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

अन्य

भिडियो