सरुमारानी गाउँपालिका– १ की तीन वर्षीया आयुस्मा अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले आमा ४० वर्षीया माया अधिकारीलाई भदौ १ गते गिरफ्तार गरेको छ ।
बालिकालाई साउन ३२ गते राती घाटी थिचेर हत्या गरेको प्रारम्भिक अुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो । मृतक पक्षले भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
शवको पोष्टमार्टम भदौ १ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।