इन्सेक नेपालगञ्ज , नेपालगञ्ज मेडिकल कलेजका डा. सुरेश कनोडिया र मित्तल राइस एण्ड आयल मिलले राप्ती सोनारी गाउँपालिका– ४ मा लकडाउनका कारण खाद्यान्न अभाव भएकाहरूलाई वैशाख २० गते खाद्यान्न सहयोग गरेको छ ।
राप्ती सोनारी गाउँपालिकाले सहयोगका लागि इन्सेकलाई गरेको पत्राचार अनुसार उक्त वडाको नाकाबस्ती गुर्दन गौरी, महेशपुर , चुनभट्टी , बासखोली , मासमानी ,खयरभट्टी टोलका १ सय २६ घरधुरीलाई ७६ हजार २ सय रुपियाँ बारबरको खाद्यान्न राप्ती सोनारी गाउँपालिका– ४ को सहकार्यमा वितरण गरिएको हो ।
वडा अध्यक्ष कान्छा थारुका अनुसार १५ क्वीन्टल चामल , १सय २६ किलो नुन र १ सय २६ लिटर खाने तेल वितरण गरिएको छ ।
वडा अध्यक्षको नेतृत्वमा वडा सदस्यहरू, मानव अधिकार समूहका संयोजक धनी वली , कोरोना रोकथाम स्वयमसेवक लगायतको टोलीले गाउँमा गएर वितरण गरेको इन्सेक बाँके जिल्ला सहजकर्ता लक्ष्मी चौधरीले बताउनु भयो ।
अध्यक्ष कान्छा थारूले लकडाउनका कारण खाद्यान्न अभाव भएको अवस्थामा राहात सामाग्री सहयोग गरेकामा इन्सेक र डा. कनोडियालाई धन्यवाद दिनु भएको थियो ।
