नेचासल्यान गाउँपालिका –२ सल्यानमा झाडापखाला कारण एकसातामा चालिस जना भन्दाबढी बिरामी भएपछि वैशाख १९ गते चिकित्सकको टोली प्रभावित क्षेत्रमा गएको छ ।
एक साताको अवधिमा चालिस जना भन्दाबढीमा झाडापखालाको समस्या देखिएपछि जिल्लाबाट चिकित्सकको टोलीलाई झिकाएको नेचासल्यान गाँउपालिका–२ का वडाध्यक्ष भेषकुमार बास्तोलाले बताउनुभयो ।
सरूवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिनुभयो ।
ल्याब परीक्षण भएपछि रोगको पहिचान हुने प्राथामिक स्वास्थ्य केन्द्र सल्यानका मेडिकल अधिकृत डाक्टर अविशेक सुमनले जानकारी दिनुभयो ।
बिरामी भएका अधिकांशले कुवाको पानी प्रयोग गरेको पाइएकाले पानीका कारण झाडापखालाको प्रकोप बढेको मेडिकल अधिकृत डाक्टर अविशेक सुमनको भनाइ छ ।