INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिकमाथि अमानवीय व्यवहार नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोभिड १९ को निवारण तथा नियन्त्रणका लागि गरिएको ‘लकडाउन’मा सर्वसाधारणप्रति अमानवीय व्यवहार नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनलगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशहरू दिपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले वैशाख ११ गते यस्तो आदेश दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘बन्दाबन्दीको समयमा पनि मानिसको जीउज्यान, वैयक्तिक प्रतिष्ठा र सम्मानको संरक्षण गरिदिनु बाञ्छनिय छ । कुनैपनि भूमिकामा रहेका राज्यका पदाधिकारीले कुनै पनि व्यक्ति उपर कानुन प्रतिकुल अमानवीय व्यवहार गर्नु हुँदैन ।’
बन्दाबन्दीका बेला सर्वसाधारणहरूमाथि अमानवीय व्यवहार नगर्न समेत अदालतले राज्यका सबै पदाधिकारीहरूलाई सचेत गराएको छ । बन्दाबन्दीका बेला काठमाडौँलगायतका शहरी क्षेत्रबाट गाउँ फर्किरहेका नागरिकहरूमाथि प्रहरीले हातपात गरेको पाईएपछि अदालतले यस्तो आदेश दिएको हो ।

अन्य

भिडियो