फुङलिङ नगरपालिका–९ हाङदेवाकी ५२ वर्षीया मिङ्मालामु शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ५४ वर्षीय पति पासाङथुन्डुक शेर्पालाई वैशाख ५ गते गिरफ्तार गरेको छ ।
आरोपितले मादक पदार्थ सेवन गरी वैशाख ४ गते कुटपिट गर्दा पत्नीको मृत्यु भएको थियो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा वैशाख ५ गते गरी शव परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णुप्रसाद खड्काले जानकारी दिनुभएको छ ।