बाँके कारागारमा ३ वर्ष कैद सजाय भोगिरहेका नेपालगञ्ज उपमनपा—८ का ६० वर्षीय अस्ताक अहमद सिद्दिकीको चैत १७ गते मृत्यु भएको छ ।
बाँके कारागारका प्रमुख देबेन्द्रकुमार श्रेष्ठका अनुसार सिद्दिकी सुगरका बिरामी थिए । एक्कासी बेहोस भएपछि उपचारकोलागि भेरी अस्पतालमा पुरयाए लगत्तै मृत्यु भएको श्रेष्ठले बताउनु भयो ।
मृतक सिद्दिकी ०७४ फागुन २३ गतेको जिल्ला अदालतको आदेश अनुसार अपराधिक लाभको मुद्दामा ३ वर्ष कैद र ३० हजार जरिवानाको सजाय भोगिरहेको श्रेष्ठले बताउनु भयो ।
शवको पोष्टमार्टम चैत १८ गते भेरी अस्पतालमा गरि परिवारको जिम्मा लगाएको कारागार प्रशासनले जनाएको छ ।