INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुव्यवहार गरेको आरोपमा भारत बिहार घर भइ ललितपुर महानगरपालिका१५, सातदोबाटो बस्ने ४२ वर्षीय मोहमद समीर मुसलमानलाई प्रहरीले  ०७६ चैत १३ गते गिरफ्तार गरेको छ ।

आरोपितले चैत १२ गते पीडितलाई मिठाई दिने प्रलोभनमा आफ्नै डेरा कोठामा लगेर यौनाङ्ग देखाएपछि बालिका भागेर रोइकराइ गरेको र घटना बारे जानकारी पाएको पीडितकी आमाले बताउनु भयो ।

पीडितकी आमाले चैत १३ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दर्ता गर्नु भएको थियो । आरोपितलाई बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी मित्रबन्धु शर्माले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो