INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार दुर्व्यवहार घटनामा मिलापत्र

गाउँले मासिकका प्रधान सम्पादक ३० वर्षीय भद्रगोल किराती भनिने मनोज कुमार राईमाथि मङ्सिर २७ गते फिदिम बजारमा प्रेमवाद अनुयायीहरूले दुर्व्यवहार गरेको घटनामा प्रहरीले मिलापत्र गराएको छ ।

सोताङ गाविस-४ सोलुखुम्बु जिल्ला स्थायी ठेगाना भएका किराती अहिले काठमाडौँ बसेर पत्रकारिता गर्छन् । नेपाल पत्रकार महासङ्घका साधारण सदस्य रहेका किरातीले फिदिम नपा-१ का ३० वर्षीय सञ्जीय योङयासहित प्रेमवादका अनुयायीले आफूले लेखेको पुस्तक र सम्पादन गरेको पत्रिका वितरण गर्दै गर्दा खोस्नुका साथै दुर्व्यवहार गरेको आरोप लगाए ।

प्रेमवादको विरुद्धका पत्रपत्रिका र पर्चा बाँडेको भन्दै नियन्त्रणमा लिन प्रेमवादका अनुयायी सञ्जीव राईले किराती विरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि उनलाई दिउँसो प्रहरीले गिरफ्तार गरेको थियो ।

उनको सुरक्षाको लागि प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय श्रेष्ठले बताए । प्रहरी कार्यालयमासमेत प्रेमवादका अनुयायीहरू आएर गालीगलौज गर्नुका साथै लातले प्रहार गरेको पीडितले बताए ।

दुवै पक्षलाई सम्वाद गराउने क्रममा आरोपित पक्षले हातपात गर्न खोजेपछि सहजीकरण गर्न नसकिएको मानव अधिकारकर्मी लेखनाथ खतिवडाले बताए । पत्रपत्रिकामा आएका विषयमा चित्त नबुझे कानुनी प्रक्रियामा जानुका सट्टा दुर्व्यवहार गर्नु अभिव्यक्ति स्वतन्त्रता माथिको प्रहार भएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष लवदेव ढुङ्गानाले बताए । घटनालाई सामान्यिकरण गर्न दुवै पक्षलाई सम्झाई बुझाई गरेर छाडिएको इन्स्पेक्टर श्रेष्ठले बताए ।

अन्य

भिडियो