INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका ६ जना कार्यकर्ताहरूलाई चैत ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी परिसर जावलाखेलको टोलीले रोल्पा जिल्ला परिवर्तन गाउँपालिका–३, केवरी घर भई ललितपुर महानगरपालिका १४ थसिखेलका ५५ वर्षीय जयन्द्र चन्द, सोही ठेगाना घर भई हाल काठमाडौँ टोखा नगरपालिका, धापासीका २८ वर्षीय विश्वास भनिने विनोद चन्दलाई गिरफ्तार गरेको हो ।  .

सोही ठेगाना घर भई काठमाडौँ महानगरपालिका गोंगबु बस्ने ३ वर्षीय प्रेम केसी, रुकुम पश्चिम जिल्ला मुसीकोट नगरपालिका–१०, चुन घर भएकी ३० वर्षीया कमला सुनार, रोल्पा जिल्ला परिवर्तन गाउँपालिका–४ पाछावाङ घर भई काठमाडौँ जिल्ला,  काठमाडौँ महानगरपालिका गोंगवु बस्ने ३३ वर्षीय अनिलकुमार पुन मगर र मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका–९, घैयाखोरी घर भई ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१८, भैसेपाटीका ३८ वर्षीय कृष्णबहादुर थापा मगरलाई गिरप्mतार गरिएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी सन्तोस तामाङले बताउनु भयो ।

गिरफ्तार गरिएका सबैको स्वास्थ्य परीक्षण चैत १० गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ । आरोपित बिरुद्व चैत १० गते नै ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो