INSEC Online

📅 २०८३ जेष्ठ २२

वृद्ध महन्थमाथि निर्घात कुटपिट गर्ने विरुद्ध उजुरी दर्ता

जनकपुरधाम उमनपा–८ स्थित मधुकर कुञ्जका ९५ वर्षीया वृद्ध महन्थ मोती माईमाथि निर्घात रूपमा कुटपिट गर्दै दाँत भाँचेको आरोपमा मन्दिरकै पुजारी हरि शरण र रामसिया शरणविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा चैत ८ गते उजुरी दर्ता भएको छ ।

पुजारी हरि र रामसियाले मन्दिरमाथि एकलौटी कब्जा गर्न थालेपछि आफुहरूले असहयोग गर्दा आफु र विमल शरणलाई निर्घात रुपमा कुटपीट गरेको मन्दिरका महन्थ मोती माईले आरोप लगाउनु भएको छ ।

९५ वर्षिया मोती माई विगत ८० वर्षदेखि सोही मन्दिरमा बस्दै आउनु भएको छ । मोती माई मन्दिरका महन्थ रामप्रतापि शरणको मृत्युपश्चात विगत ६ वर्षदेखि महन्थ रहनु भएको छ ।

मन्दिर ६ कठ्ठा जग्गामा फैलिएको छ । मन्दिरको जग्गा वसविट्टीमा १ विघा ४ कठ्ठा रहेको छ । मन्दिरका पुजारी हरि र रामसियाले कब्जा गर्न आफुहरूलाई मन्दिरबाट विस्थापित गर्न पटक–पटक कुटपिट गर्दै आएपछि मोती माई र विमलले प्रहरीसमक्ष उजुरी दर्ता गराएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी इन्स्पेक्टर अशोक कुमार झाले घटनाबारे प्रहरीले अध्ययन गरि रहेको बताउनु भयो ।

अन्य

भिडियो