लम्की चुहा नगरपालिका — ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउनेलाई चैत ५ गते सोही ठाउँका ३० वर्षीय छवीलाल जैशीले कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय, लम्कीले चैत ५ गते नै गिरफ्तार गरेको छ ।
वडा स्वास्थ्य क्लिनिक भवन निर्माणका लागि नाप नक्सा गर्ने क्रममा आरोपित जोशीले नाप्नका लागि प्रयोग गरिने फिता र जमिनमा गाडिएका किला उखेलेर फाल्न थालेपछि किन यस्तो गरेको भनेर भन्दा उल्टै आफूमाथि हातपात र कुटपिट गरिएको भन्दै पीडितले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित जैशीलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय,लम्कीका सइ जनकबहादुर सिंहले बताउनु भयो ।
कुटपिटबाट वडा अध्यक्षलाई समान्य चोट लागेकोले स्वास्थ्य परीक्षण नगरिएको र दुवै पक्षलाई प्रहरी कार्यालयमा बोलाई घटनाका बारेमा छलफल भइरहेको सइ सिंहको भनाइ छ ।