INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–८ का २६ वर्षीय विक्रम नेपालीलाई नुवाकोट जिल्ला अदालतले १४ वर्ष कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले चैत ४ गते आरोपित नेपालीलाई बलात्कार कसुर ठहर गर्दै १० वर्ष कैद र पीडित हाडनाता भित्र पर्ने भएकोले थप ४ वर्ष समेत गरी १४ वर्ष कैद सजाय फैसला गरेको हो । साथै ४० हजार रुपिँया जरिवाना र ४० हजार रुपियाँ क्षतिपूर्ति समेत फैसला गरेको श्रेस्तेदार शिवप्रसाद बन्जराले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को खण्ड ‘घ’ र  सोही ऐनका दफा २२० को उपदफा २ अनुसार यो फैसला भएको जिल्ला अदालतले जनाएको  छ । आरोपितले ०७५ कात्तिक ११ गते घरमा सुतिरहेको ठाउँमा प्रवेश गरी बलात्कार गरेको भन्दै पीडितले कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७५ कात्तिक १३ गते जिल्ला अस्पताल त्रिशूलीमा गरिएको थियो । आरोपितलाई ०७५ कात्तिक १३ गते नै गिरफ्तार गरिएको थियो भने जिल्ला अदालतमा ०७५ मङ्सिर ४ गते मुद्दा दर्ता भएको थियो ।

अन्य

भिडियो