INSEC Online

📅 २०८३ जेष्ठ २२

कोरोना कहरः अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सरकारको आग्रह (निर्णयसहित)

विश्वभर तीव्र रूपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण नेपालमा फैलिन नदिन सचेतनासहितका विभिन्न १५ बुँदे निर्णय गर्दै सरकारले आवश्यक कामबाहेक घर बहिर ननिस्कन आग्रह गरेको छ ।

photo20200318kathmandu (2)

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत ५ गते विभिन्न १५ ओटा निर्णय गर्दै अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको हो ।

सरकारले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय समेत गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ ।

‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’ निर्णय गरेको हो ।

यसको अनुगमन गृह मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना मन्त्रालयले गर्ने बैठकले निर्णय गरेको छ ।

सरकारले गरेका निर्णयको पालना भए नभएकोबारे प्रदेश र स्थानीय तहले अनुगमन गर्ने बताइएको छ ।

सार्वजनिक यातायातलाई सिट क्षमता भन्दा बढी यात्रु नराख्न र यात्रुहरुलाई पनि बढी भिडभाड गरी यात्रा नगर्न समेत सरकारले आग्रह गरेको छ ।

सरकारले गरेको १५ बुँदे निर्णय

photo20200318kathmandu (3)

photo20200318kathmandu (1)

फोटोः लोकेन्द्र केसीको फेसबुक वालबाट

अन्य

भिडियो