INSEC Online

📅 २०८३ जेष्ठ २२

भूकम्प पीडितलाई दिने किस्ता रकम नहुँदा घर निर्माण रोकियो

भूकम्प पीडितको वितरण हुने किस्ता रकम रित्तिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालयको  खातामा रकम नहु“दा गत पुस १५ यता प्रक्रिया पुरा गरेका भूकम्प पीडितले पनि रकम पाएका छैनन् ।

रकम नपाउँदा घर बनाउन लागेको ऋण सम्म तिर्न नसकेको भूकम्प पीडितको गुनासो छ । ‘चार पटक बैंकमा गए, सधै पैसा छैन भन्दै बैंकका कर्मचारीले फर्काउनुभयो,’ शहिद लखन गाउँपालिका–७ वुकोटकी पार्वती परियारले भन्नुभयो,‘कार्यालयमा आएर वुझँ्दा पैसा सकिएको रहेछ भनेर थाहा पाएँ ।’ किस्ता रकम निकासा नहुँदा घर बनाउने खेतलालाई रकम भुक्तानी गर्न नसकेको उहाँको दुखेसो छ ।

परियारले घर निर्माण सकेर तेस्रो किस्ता रकम तीन महिना अघि माग गर्नुभएको थियो । परियार जस्तै किस्ता रकम निकासा नभएको गुनासो लिएर इकाइको कार्यालयमा दैनिक १० भन्दा वढी भूकम्प पीडित धाउने गरेका छन् ।

पहिलो र दोस्रो किस्ता गरेका एक हजार भूकम्प पीडितले प्रक्रिया पुरा गरेका छन् । तेस्रो किस्ताका लागि दुई हजार भूकम्प पीडितले प्रक्रिया पुरा गरेको इकाइका प्रमुख रामशरण आचार्यले बताउनुभयो । ‘प्रक्रिया पुरा गरेकालाई मात्र ७० करोड तत्काल निकासा गर्नुपर्ने हुन्छ,’– उहाँले भन्नुभयो ।

भूकम्प पीडितको समस्याको विषयमा केन्द्रलाई जानकारी गराइसकिएको उहाँले बताउनुभयो । ‘यस अघि आउने दातृनिकायको स्रोतबाट पैसा उपलब्ध नभएपछि वैकल्पीक स्रोत खोजि गर्दा केहि समय लागेको छ, अब एक सातामा पैसा आउने जानकारी पाएका छौ,’–आचार्यले भन्नुभयो । पैसा निकासा नहँुदा घर निर्माण नै राकिएको गुनासो राख्दै लाभग्राहीले इकाइमा फोन पनि गर्ने गरेका छन् ।

अनुदान सम्झौता पछि ५० हजार, डिपिसी सकेपछि एक लाख ५० हजार र घर निर्माण सकेपछि एक लाख गरि तीन लाख सरकारी अनुदान भूकम्प पीडितले पाउँछन् ।

अन्य

भिडियो