जनकनन्दिनी गाउँपालिका–१ का वडा अध्यक्ष ३८ वर्षीय धर्मेन्द्र गोइतलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय अरविन्द यादवलाई ईलाका प्रहरी कार्यालय खजुरीले चैत १ गते गिरफ्तार गरेको छ ।
फागुन १६ गते वडा कार्यालयमा नागरिकता सिफारिस गराउन गएका वेल वडा अध्यक्ष गोइतले समयमै काम नगरेको भन्दै अपशब्द प्रयोग गर्दा दुबै जना बिच कुटाकुट भएको हो । कुटपिट हुँदा सेवाग्राही अरबिन्दको निधारमा चोट लागेको थियो ।
वडा अध्यक्ष गोइतले यादवविरुद्ध ईलाका प्रहरी कार्यालय खजुरीमा फागुन १६ गते अपशब्द र दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएपछि गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी इन्स्पेक्टर हिरेन्द्र रोकायाले जानकारी दिनु भयो । प्रहरीले गिरफ्तार परेका अरविन्दबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।