INSEC Online

📅 २०८३ जेष्ठ २२

औषधी व्यवसायीमाथि आक्रमण, अवस्था गम्भिर

क्षिरेश्वरनाथ नपा–६ नयाँ सखुवाबजारमा औषधी व्यवसायी २२ वर्षीय शशिलाल कर्णलाई अज्ञात समूहले चैत १ गते राती हेलमेटले कुटपिट गरी घाइते बनाएको छ ।

आफनै औषधी पसलमा बसि रहेको बेला रातो रङ्गको अपाचे मोटरसाइकलमा आएका दुई जना युवाले पसलभित्र प्रवेश गरी हेल्मेटले टाउकोमा आक्रमण गरेको हो ।

घाइते व्यावसायी कर्णको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि पठाइएको छ । अचेत अवस्थामा रहेको कर्णको अहिलेसम्म बोल्न नसकेको पीडित परिवारले जनाएको छ । उनको दाहिने कान र आँखामा गम्भीर चोट लागेकोे पीडितका बुवा महेशलाल कर्णले बताउनु भएको छ ।

घटनाबारे जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली पुगेर घटनाबारे जानकारी लिँदै आक्रमण गरि फरार व्यक्तिहरुको खोजी कार्यमा लागेको प्रहरी इन्स्पेक्टर पप्पु नायकले जानकारी दिनु भयो । घटनाका आरोपितको पहिचान हुन सकेको छैन ।

अन्य

भिडियो