२० वर्षीया र २४ वर्षीया दुई जना महिलालाई बेचविखन तथा ओसारपसार गर्ने उद्धेश्यले बलात्कारसमेत गरेको आरोपमा प्रहरीले इलाम साँखेजुङ-९ का ३५ वर्षीय निमतेञ्जी शेर्पा र साँखेजुङ-४ की ३६ वर्षीया कमला राईविरुद्ध मङ्सिर २६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
पीडित महिला द्वयलाई मङ्सिर १९ गते शेर्पा, राई र साँखेजुङ- ६ का चेवन दाहालले मानव बेचविखन तथा ओसारपसार गरी बलात्कार गरेको आरोपमा मङ्सिर २० जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
घटनाका आरोपित २५ वर्षीय चेवन दाहाल भने फरार रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चुडालले जानकारी दिए ।
आरोपित निमतेञ्जी र कमलालाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेर अनुसन्धान सुरु गरेको पनि इन्स्पेक्टर चुडालले बताए ।
पीडित महिला द्वयको स्वास्थ्य परीक्षण मङ्सिर २० गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।