INSEC Online

📅 २०८३ जेष्ठ २२

महिलाको मृत्युको घटनाको निश्पक्ष अनुसन्धान गर्न माग


देवघाट गाउँपालिका१ मानहुँकी १६ वर्षीया देउमाया थापाको मृत्युको घटनाको निश्पक्ष छानबिन गर्न माइती पक्षले प्रहरीलाई दबाब दिएका छन् ।

माइती पक्षले ०७६ फागुन २८ गते जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई भेटी उक्त घटनाको निश्पक्ष अनुसन्धान गरि दोसीलाई कारवाही गर्न माग गरेका हुन् ।

देवघाटबाट दमौली आएका सयौं सर्वसाधरणले हत्यारालाई कारवाहीको माग गर्दै दमौलीमा र्याली समेत निकालेका थिए ।

देउमायाको गत फागुन १२ गते साँझ आफ्नै घरमा झुन्डिएर मृत्यु भएको अवस्थामा शव भेटिएको थियो । २ फिटको उचाईमा घुँडा भन्दा तलको भाग सबै भुईमा लत्रिएको अवस्थामा उनको शव झुन्डिएको अवस्थामा भेटिएको मृतकका बुबा प्रेमबहादुर थापाले बताउनुभयो ।

देउमायाको घर परिवारले उनले झुन्डिएर आत्महत्या गरेको दाबी गरेपनि उक्त घटना आत्महत्या नभई हत्या भएको प्रेमबहादुरले बताउनुभयो ।

मृतकका बुबाले प्रहरीलाई दिन तयार गरेको उजुरीमा ज्वाँई रुपबहादुर गुरुङले कुटपिट गरि छोरीको हत्या गरेको जनाउनु भएको छ । तर प्रहरीले उक्त जाहेरी दर्ता नगरेको उहाँले बताउनुभयो ।

उक्त घटनाको अनुसन्धान गरि हत्या गरेको शंका लागेमा मात्र उजुरी लिने भन्दै प्रहरीले फिर्ता पठाएको थापाले बताउनुभयो ।

मृतकको शरिरको विभिन्न भागमा निलडाम भएको, घाँटीमा निलडाम भएको र नाक र मुखबाट रगत निस्किएको अवस्थामा रहेको कारण उक्त घटना कुटपिटबाट हत्या गरि झुन्ड्याइएको थापाले दाबी गर्नुभयो ।

 सोही वडाको कालिटार माइती भएकी देउमायाको गत साउने सक्रान्तिको दिन मानहुँका २१ वर्षीय रुपबहादुर गुरुङसँग विवाह भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका एसपी बिनोद सिलवालले उक्त घटनाको आत्महत्या दुरुत्साहनमा उजुरी दिन अनुरोध गरेको बताउनुभयो ।

 उहाँले सो घटनाको सत्य तथ्य अनुसन्धान गरि दोषी भएमा जो सुकैलाई पनि कारवाही गरिने भन्दै पहिला आत्महत्या दुरुत्सहानमा उजुरी दिन र पछि दोषी देखिएमा कतव्र्य ज्यान सम्बन्धी जाहेरी दिन सक्ने बताउनुभयो ।

शवको पोष्टमार्टम दमौली अस्पतालमा गरिएको र आरोपित रुपबहादुर प्रहरीको सम्पर्कमा नै रहेको एसपी सिलवालले बताउनुभयो ।

photo20200314Tanahun (1)

photo20200314Tanahun (2)

photo20200314Tanahun (3)

photo20200314Tanahun (4)

अन्य

भिडियो