INSEC Online

📅 २०८३ असार ११

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कल्याणपुर नपा–४ का ५७ वर्षीय अशेश्वर महरालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले फागुन २८ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितले बालिकालाई फागुन २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय मिर्चैयामा फागुन २८ गते उजुरी दिएको बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेको बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन २८ गते भएको थियो ।

अन्य

भिडियो