INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास कसुरमा नौ महिना कैद फैसला

शारीरिक अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा किस्पाङ गाउँपालिका–२ का ७० वर्षीय सिङ्गा तामाङलाई जिल्ला अदालतले नौ महिना कैद र १० हजार रुपिँया जरिवाना फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले फागुन २९ गते फैसला गरेको हो । बलात्कार आरोप लगाइए पनि अदालतले यौन दुव्र्यवहार मात्र ठहर गर्दै यस्तो फैसला गरेको अदालतका श्रस्तेदार शिवप्रसाद बञ्जराले बताउनु भयो । मुलुकी अपराध संहिता २०७४ को दफा २२४ को १ र २ अनुसार कसुर ठहर गरेको र ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा १२ ले ज्येष्ठ नागरिकले गरेको कसुरमा दिन मिल्ने कैद छुट गराई सजाय निर्धारण गरि फैसला आएको श्रस्तेदार बञ्जराले बताउनु भयो  । उक्त दफामा ७० वर्ष उमेर पुरा भई ७५ वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई ५० प्रतिशत कैद सजाय छुट दिन सकिने व्यवस्था रहेको  छ ।

आरोपितले ०७६ जेठ ६ गते अपाङगता भएकी महिलालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ १० गते उजुरी दर्ता भएको थियो ।

अन्य

भिडियो