INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर  ठहर गर्दै १३ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन ३० गते प्यूठान जिल्ला मल्लरानी गाउँपालिका–२ का ४० वर्षीय रामचन्द्र घर्तिमगरलाई १३ वर्ष कैदको फैसला गरेको  छ ।

जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको इजलासले १३ वर्ष कैद फैसला गरेको जिल्ला अदालतका नासु नारायण भट्टराइले बताउनु भयो ।

पीडितलाई ०७५ चैत २० गते आरोपितले बलात्कार गरेको भन्दै  पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई चैत २२ गते ढाकावाङ्कबाट गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत  २१ गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो