INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीलाई बन्चरो प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

७४ वर्षीया कान्छि लामालाई बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा पति ६५ वर्षीय झलकबहादुर लामालाई ०७६ फागुन २५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

गोदावरी नगरपालिका– ८, डुकुछाप जोल्खुका आरोपितले ०७६ फागुन २४ गते मध्य रातमा बन्चरो प्रहार गरी घाइते बनाएको पीडितका छोरा राजु लामाले बताउनु भयो । आरोपितले मादक पदार्थ सेवन गरी पीडितलाई टाउको फुटाएको, निधार, आँखा छेउमा बन्चरो प्रहार गरी घाइते बनाएको उजुरीमा उल्लेख छ । आरोपितलाई गिरफ्तार गरी ज्यान मार्ने उद्योगमा फागुन २७ गते मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता एसपी दुर्गा सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य उपचारका लागि फागुन २५ गते पाटन अस्पताल ललितपुरमा लगिएकोमा स्टार अस्पताल सानेपामा रेफर भइ टाउकोको सल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ । पीडितको फागुन २७ गते दिउँसोसम्म होस नखुलेको डुकुछापका वडा अध्यक्ष सुकुमान लामाले बताउनु भयो ।

अन्य

भिडियो