अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौंडाले ११० औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिएको छ । महिला समानताको लागि भएको प्रयासहरूको तुलनामा उपलब्धी सन्तोषजन हुन नसकेको भन्दै इन्सेकले नेपालको संविधानले दिएको अधिकार सहित ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने यस वर्षको नारालाई सार्थक पार्न इन्सेकले सबैलाई आग्रह गरेको छ ।
इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले प्रेस विज्ञप्ति जारी गर्दै महिला अधिकार, महिला सशक्तीकरण, लैङ्गिक समानता, लैङ्गिक विभेद तथा हिंसा उन्मूलनमा नयाँ आयम थपोस् भन्दै शुभकामना दिएका हुन् । इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले प्रेस विज्ञप्ति जारी गर्दै महिला अधिकार, महिला सशक्तीकरण, लैङ्गिक समानता, लैङ्गिक विभेद तथा हिंसा उन्मूलनमा नयाँ आयम थपोस् भन्दै शुभकामना दिएका हुन् ।
महिला माथि हिंसा र ज्यादतीको घटनामा कमी आउनुको साटो बढीरहेको कुरालाई इन्सेकले सन् २०१९ मा अभिलेख गरेको मानव अधिकार वर्ष पुस्तक २०२० मार्फत समेत सार्वजनिक गरेको छ ।
बागमती प्रदेशमा गत वर्ष मात्रै मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ हजार ४ सय ९४ जना पीडित भएका मध्ये १ हजार १ सय ८४ जना महिलाहरू पीडित रहेका छन् । जसमध्ये राज्य पक्षबाट १४ जना महिला र अन्य पक्षबाट १ हजार १ एक ७० जना महिला पीडित भएका हुन् ।
सन् २०१९ मा ८ सय १४ जना महिला पीडित भएकोमा महिला अधिकारको घटनाबाट ७ सय ४७ जना र बाल अधिकार उल्लङ्घनका घटनामा ३ सय ७० जना बालिकाहरू पीडित भएका थिए । प्रदेशको १३ जिल्लामा बलात्कारका ३ सय ८६ वटा घटना अभिलेखमा २ सय ५३ जना बालिका र १ सय ३३ जना महिला पीडित भएका थिए ।