INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीलाई यातना दिएको घटनाका आरोपित गिरफ्तार

विद्यार्थीलाई यातना दिएको घटनाका आरोपित काठमाडौँ ३२ की ३२ वर्षिय सितालक्ष्मी कर्मचार्यलाई प्रहरीले फागुन २४ गते घरैबाट गिरफ्तार गरेको छ ।

आरोपितले काठमाडौँको जडीबुटीस्थित जागृति एकेडेमीका कक्षा ६ र ७ का ३४ जना विद्यार्थीलाई आन्तरीक परीक्षामा कम अङ्क ल्याएको भन्दै पाखुरामा धारिलो ब्लेडले चिराचिरा पर्ने गरि काट्न लगाएर यातना दिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी उपरीक्षक दुर्गा रेग्मी बताउनु भयो ।

कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको नाडी चिरिएको प्रिन्सिपल राजनकुमार श्रेष्ठले बताउनु भयो । आरोपितले आन्तरीक परीक्षमा कम अङ्क ल्याएका विद्यार्थीहरूई फागुन २२ गते बेञ्चबाट उठाएर शारीरिक र मानसिक यातना दिएको प्रिन्सिपल श्रेष्ठले बताउनु भयो । सोही दिन आरोपितले कक्षा ६ मा अध्ययनरत आकृति रेग्मीकी आमा उमा रेग्मीलाई फोन गरेर क्लास टेष्टमा नम्बर कम ल्याएकाले छोरीको हातमा काट्न लगाएको बताउदै भोली उनलाई त्यही घाउमा नून खुर्सानी लगाईदिन्छु भनिदिनुहोला समेत भनेको अभिभावक उमा रेग्मीले बताउनु भयो ।

आरोपितलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको डिएसपी रेग्मीले जानकारी दिनुभयो । घटनापछि विद्यालयले आरोपितलाई सेवाबाट निष्काशन गरेको विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठले बताउनु भयो ।

आरोपितलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो