अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (आठ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
‘महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानको रूपमा “समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता” भन्ने राष्ट्रिय लक्ष्यका साथ यस वर्ष ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।’-शुभकामना सन्देशमा भनिएको छ ।
नेपालको संविधानले लैंगिक समानताको प्रत्याभूति गर्नका निम्ति महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको सन्देशमा उल्लेख छ ।
‘यसबाट महिलाप्रति हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ । सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैंगिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पुर्याउने जस्ता विषयहरू महिलाको हक संरक्षण र सम्वर्द्धनमा केन्द्रित रहेका छन् । यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजना सहित नेपाल सरकार अगाडि बढिरहेको छ ।’-सन्देशमा उल्लेख छ ।