२३ वर्षिया सुस्त मनस्थिती भएकी महिलालाई बलात्कार गरेको कसुरमा पञ्चकन्या गापा–४ का ४८ वर्षिय मच्छिन्द्र विकलाई नुवाकोट जिल्ला अदालतले ११ वर्ष कैद फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलाशले फागुन २२ गते गरेको फैसला अनुसार ११ वर्ष कैद सजाय र पीडितलाई ५० हजार रुपैँया क्षतिपुर्ती भराउन समेत आदेश दिएको छ ।
कसुरदारले ०७४ फागुन १७ गते घरमा कोही नभएको बेलामा प्रवेश गरी बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण फागुन १८ गते त्रिशूली जिल्ला अस्पतालमा भएको थियो । आरोपितलाई प्रहरीले ०७४ फागुन १८ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतमा ०७४ चैत ८ गते मुद्दा दर्ता भएको थियो ।