३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा पञ्चदेवलविनायक नगरपालिका–६ तोली का ३९ वर्षीय मोहनबहादुर रावललाई जिल्ला अदालत,अछामले फागुन २२ गते सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीस नविनकुमार जोशीको इजलासले रावललाई कैदसहित पीडितलाई २ लाख ५० हजार रुपियाँ क्षतिपुर्ति समेत दिनु पर्ने फैसला सुनाएको हो ।
कसुरदारले ०७६ साउन १५ राती घरमै आएर बलात्कार गरेको भन्दै पीडितले साउन १९ गते जिल्ला प्रहरी कार्यालय,अछाममा उजुरी दिएकी थिइन् ।
नेपाली काङ्ग्रेसबाट पञ्चदेवलविनायक नगरपालिका–६ का वडा सभापति समेत रहेका आरोपित रावललाई अछाम प्रहरीले साउन १९ गते नै गिरफ्तार गरी भदौ २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १९ गते जिल्ला अस्पताल,अछाममा गरिएको थियो ।