१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका ३९वर्षीय हिरण्डबहादुर कुँवरलाई जिल्ला अदालत,अछामले फागुन २२ गते नौ वर्ष कैद सजाय र १० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ ।
न्यायाधीस नविनकुमार जोशीको इजलासले कैद फैसलासँगै पीडकबाट १० हजार रुपियाँ क्षतिपुर्ति पीडितले पाउने गरी फैसला भएको अदालतका खरिदार लक्षीराम जैसीले बताउनु भयो ।
कसुरदारले गएको भदौ ७ गते बालिकामाथि यौन दुर्व्यवहार भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय,अछाममा उजुरी दिएपछि भदौ ७ गते प्रहरीले गिरफ्तार गरी भदौ १० गते अदालतमा मुद्दा दायर गरेको थियो ।
पीडित बालिकाको भदौ ७ गते नै जिल्ला अस्पताल मंगलसेनमा स्वास्थ्य परीक्षण गरिएको थियो ।