INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जिल्ला झापा कमल गाँउपालिका–४ का ३८ वर्षीय मानबहादुर विश्वकर्मालाई फागुन २२ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश प्रकाश श्रेष्ठको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला सुनाएको हो ।

आरोपितले ०७६ असार ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले असार ३ गते गिरफ्तार गरी असार ६ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ४ गते गरिएको थियो ।

 

 

 

 

 

अन्य

भिडियो