१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन २१ गते बुद्धभूमि नपा– २ का १६ वर्षीय बालकलाई आठ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश लोकजङ्ग शाहको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार चिन्तामणि शर्माले बताउनु भयो ।
आरोपितले ०७५ चैत २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई चैत २३ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतले ०७६ वैशाख ११ बाँके जिल्लास्थित बाल सुधार गृह पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७६ चैत २२ गते जिल्ला अस्पतालमा गरिएको थियो ।