INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फागुन २२ गते १३ वर्षीय बालकलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला सुनाएको श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले बताउनुभयो ।

आरोपितले ०७५ माघ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध माघ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई माघ १६ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १६ गते गरिएको थियो ।

 

 

 

 

अन्य

भिडियो