बेलका नगरपालिका –५ की ३३ वर्षीया सञ्जु पुलामीको हत्याको गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय पनि तिर्थराज पुलामी मगरलाई फागुन २२ गते १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश मनोज केसीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै एक लाख रुपियाँ जरिबाना भराउन आदेश दिएको छ ।
आरोपितले ०७६ भदौ २ गते कुटपिट गरी हत्या गरेको आरोपमा माईती पक्षले आरोपित विरूद्ध भदौ ३ गते इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलामा उजुरी दिएका थिए ।
पतिको कुटपिटबाट घाईते भएकी सञ्जुको भदौ २ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा)मा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीले आरोपितलाई भदौ ३ गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको भदौ ३० को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
शवको पोष्टमार्टम भदौ २ गते घोपामा गरिएको थियो ।