अपाङ्गता भएकी ३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका–१६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई फागुन २२ गते नौ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश मनोज केसीको इजलासले कसुर गरेको ठहर गर्दै बलात्कार कसुरमा आठ वर्ष र अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा थप एक वर्ष गरी नौ वर्ष कैद सजाय र कसुरदारबाट पीडितले पाउने गरी ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।
आरोपितले ०७६ जेठ १२ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले जेठ १२ गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो ।
अदालतको असार ४ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १३ गते गरिएको थियो ।