INSEC Online

📅 २०८३ जेष्ठ २१

महोत्तरीका विद्यालयहरूमा जन्ती, पठनपाठन ठप्प

महोत्तरीका अधिकांश विद्यालय जन्तीको बासको लागि प्रयोग हुने गरेको पाइएको छ । फागुन २० गते महोत्तरी गाउँपालिका–४ स्थित लक्ष्मी नारायण आधारभूत विद्यालयमा विद्यार्थी नदेखिँदा विद्यालय मै पुगेर विद्यार्थी किन नभएको भन्दै चासो राख्यौँ । शिक्षकहरूको उपस्थिति रहेपनि विद्यालयमा छात्रछात्रा नहुँदाको दृष्य अनौठो थियो । शिक्षकहरूले विद्यार्थीहरूको बारेमा केहि भन्नु भन्दा पहिले कक्षा कोठाहरु घुमिदिन अनुगमनको लागि आग्रह गर्नु भयो ।

photo20200305 (2)

कक्षा कोठाहरूमा जतातदै रक्सीका खाली बोतलहरू डेस्क–बेन्चकै माथि र तल समेत खसेको तथा फुटेको अवस्थामा थियो । भट्टी र होटल जस्तै देखिएका कक्षा कोठाहरूमा जन्तीहरू बसेर रातभरि मदिरा खाएको बोतलहरु समेत त्यहीँ फुटाएको देखियो । केहि कक्षा कोठामा सौच गरेको भेटियो ।

प्रधानाध्यापक विमल पाण्डेयले फागुन १९ गते राती गाउँमै दुई जनाको जन्ती आएकोमा दुबै जन्तीलाई विद्यालयमै राख्ने भन्दै गाउँलेहरूले आग्रह गरेको बताउनु भयो । उहाँले गाउँमा बिगत देखि नै जन्ती विद्यालयमै राख्ने गरेको र अन्यत्र जन्ती राख्ने कुनै स्थान समेत नभएकोले आफु समेत बाध्य भएर अनुमति दिनु परेको बताउनु भयो । उहाँले वडाबाट समेत जन्ती विद्यालयमै बस्न दिन आग्रह आएको बताउनु भयो । विद्यालय शिक्षा आर्जन गर्ने स्थल भएपनि गाउँलेहरुको दबाबमा विद्यालय प्रशासन समेत नतमस्तक हुनुको विकल्प नभएको विद्यालयका शिक्षकहरूले गुनासो गर्नु भयो ।

photo20200305 (1)

जन्तीले यतिसम्म दुःख दिने र बालबालिकाको पठन–पाठन नै अवरुद्ध हुने गरि विद्यालयलाई मदिरालयमा परिणत गरिदिने अवस्था आफुले सोच्न पनि नसकेको प्रधानाध्यापक पाण्डेले बताउनु भयो । उहाँले जन्ती आएको दुबै घरबेटीलाई विद्यालयमा जन्तीले गरेको हर्कत बारे जानकारी गराएको र तत्काल सबै सफा गर्न भन्दा पनि दुबैले आफ्नो जन्तीले नभई अरूले गरेको होला भनि पन्छिएको बताउनु भयो ।

photo20200305 (4)

मानव अधिकार रक्षक संजाल महोत्तरीका सचिव रञ्जन भण्डारीका अनुसार विद्यालयमा पठन–पाठन नै अवरुद्ध हुने गरी जन्ती बसाउने चलन महोत्तरीको अधिकाँश ग्रामिण क्षेत्रको विद्यालयहरूमा चल्दै आएको छ, जसले गर्दा दुई–चार दिनसम्म पठनपाठन अवरुद्ध हुने गरेकोे छ ।

photo20200305 (5)

अन्य

भिडियो