१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा महाकाली नगरपालिका –९ का ३६ वर्षीय सुन्दरसिह धामीलाई जिल्ला अदालत,दार्चुलाले ६ महिना कैद र १० हजार रुपियाँ क्षतिपूर्ति तिर्नु पर्ने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिश गिरीराज गौतमको इजलासले फागुन २१ गते उक्त फैसला सुनाएको जिल्ला अदालत,दार्चुलाका सुचना अधिकारी हेमन्त भाटले बताउनु भयो ।
गत मङ्सिर १० गते विद्यालयबाट घर फर्किने क्रममा बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले धामीका विरूद्व प्रहरीमा उजुरी दिएका थिए ।
बालिकालाई ५ सय रुपियाँ दिएर यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीले जबरजस्तीकरणी उद्योग अन्तर्गत ०७६ मङ्सिर २६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते जिल्ला अस्पतालमा गरिएको थियो ।