INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

काठमाडौँको कङ्काली माध्यमिक विद्यालयलाई फागुन २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्मार्ट बोर्डलगायतका शैक्षिक सामग्री एक कार्यक्रमकाबिच हस्तान्तरण गरेको छ ।

विद्यार्थीलाई प्रविधिको प्रयोग गरी शिक्षा प्रदान गर्न सजिलो होस् भन्ने उद्देश्यले स्मार्ट बोर्डलगायतका सामग्री सहयोग गरिएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताउनुभयो ।

photo20200304kathmandu (2)

इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडाका संयोजक कृष्ण गौतमले स्मार्ट बोर्डको प्रयोगले विद्यालयलाई आधुनिक शिक्षा प्रदान गर्न सहज हुने विश्वास रहेको बताउनुभये ।

स्थानीय समाजसेवी दिपक पनेरूले इन्सेकले विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेर इन्सेकले समुदायसँगको सम्बन्धलाई थप बलियो बनाएको बताउनुभयो ।

photo20200304kathmandu (3)

विद्यालयका प्रधानाध्यापक विष्णु पनेरूले इन्सेकले मानव अधिकारका बारेमा गरेको कामको विश्वले नै पहिचान गरेको बताउँदै सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

विद्यालयको आफ्नै आर्थिक स्रोत नहुँदा समयानुकूल शिक्षाका लागि थप शैक्षिक सामग्री जुटाउन आर्थिक समस्या भएको अवस्थामा इन्सेकले उपलब्ध गराएको सहयोगले ठूलो महत्व राख्ने प्रधानाध्यापक पनेरूले बताउनु भयो ।

photo20200304kathmandu (1)

उक्त विद्यालयमा ५ सय जना विद्यार्थी अध्ययनरत छन् । इन्सेकले फिनलैण्डस्थित अन्तराष्ट्रिय संस्था KIOS को संयोजनमा HELSINKI स्थित विद्यालयका विद्यार्थीहरूको सहयोगबाट सङ्कलित रकमबाट विभिन्न विद्यालयमा सहयोग गर्दै आएको छ ।

अन्य

भिडियो