१४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमार्फत अदालत पुर्याएकाे एक घटनामा निवेदकले बयान बदलेको भन्दै जिल्ला अदालत (रुकुम पश्चिम) ले निवेदकलाई ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश विद्याराज पौडेलको इजलासले फागुन १५ गते उक्त फैसला सुनाउनु भएको हो । सुर्खेतको बराहताल गाउँपालिका–७ का २० वर्षीय सागर बुच्चा मगरलाई अदालतले सफाई दिँदै निवेदकमाथि जरिबानाको फैसला सुनाएको हो ।
विवाह गर्ने प्रलोभनमा ०७६ जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ साउन २ गते जिल्ला प्रहरी कार्यालय (रुकुम पश्चिम) मा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले मुसिकोट नपा–१ खलङ्गा साउन १ गते गिरफ्तार गरेकोे थियो । ०७६ साउन २३ गते अदालतमा मुद्दा दर्ता गरेकोमा साउन २४ गते अदालतको आदेश अनुसार पूर्पक्षका लागि कारागार चलान गरेको थियो ।
आफूलाई केही नगरेको भन्दै बयान फेरेपछि अभियोग दावी नपुग्ने ठहर गर्दै उक्त जरिबानासहितको सजाय तोकिएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार शिवहरी सुवेदीले बताउनु भयो ।
बयान फेरेको आरोपमा निवेदकलाई ५ हजार रुपियाँ जरिवाना
१५ वर्षीया बालिकालाई बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्याएकाे एक घटनाका निवेदकले बयान फेरेको आरोपमा जिल्ला अदालत रुकुम पश्चिमले फागुन १४ गते अर्को एक घटनामा पनि ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश विद्याराज पौडेलको इजलासले उक्त फैसला सुनाउनु भएको हो । बाँफीकोटबाट ०७६ असोज १७ गते गिरफ्तार भएका १५ वर्षीय बालकलाई सफाइ दिँदै निवेदकमाथि जरिबानाको फैसला सुनाएको हो ।
बालिकाको नग्न फोटोहरू खिचेर फेसबुक र शेयर इट कमबाट शेयर गर्ने गरेको, त्यसको ब्ल्याकमेलिङ गरेर पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १७ गते जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिममा उजुरी दिएका थिए ।
आरोपित बालकलाई प्रहरीले बाँफीकोट गाउँपालिकाबाट असोज १७ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतमा ०७६ कात्तिक ५ गते मुद्दा दर्ता भएको थियो ।
आफूलाई केही नगरेको भन्दै बयान फेरेपछि अभियोग दावी नपुग्ने ठहर गर्दै उक्त जरिबानासहितको सजाय तोकिएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार शिवहरी सुवेदीले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १८ गते जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा भएको थियो ।