INSEC Online

📅 २०८३ जेष्ठ २१

घर नजिकका बर्थिङ सेन्टरमा सुविधा नहुँदा जिल्ला अस्पतालमा सुत्केरी हुनेको भिड

बागचौर नपा–३ निवासी सुनीता नेपालीलाई एक हप्ता अघि राति १० बजे सुत्केरी व्यथाले च्याप्यो । सुत्केरी हुन घरबाट आधा घण्टामै पुगिने थारमारे प्राथमिक स्वास्थ्य केन्द्र नगएर उहाँ परिवारसहित जिल्ला अस्पताल सल्यानमा राति पुगेको गुनासो गर्नु भयो ।

मध्य रातमा दुई हजार भाडा तिरेर जिल्ला अस्पतालमा सामान्य सुत्केरी भएर दोस्रो दिन घर फर्केको बताउँदै उहाँले स्वास्थ्य संस्था घर नजिकै भएपनि सुरक्षित प्रसुति हुन जिल्ला अस्पताल जानुपर्ने बाध्यता रहेको बताउनु भयो ।

सिद्धकुमाख गाउँपालिका–३ निवासी पवित्रा बस्नेतको पीडा पनि उस्तै छ । सुत्केरी व्यथाले च्यापेपछि उहाँलाई जिल्ला अस्पताल सल्यानमा पु¥याइयो । आधा घण्टामा पुग्न सकिने स्वास्थ्य संस्थामा नगएर परिवारले उनलाई १२ सय रुपियाँ भाडा तिरेर एम्बुलेन्समा जिल्ला अस्पताल पु¥याए ।

जिल्ला अस्पतालमा लैजादै गर्दा बाटोमै बच्चा जन्मिएपछि रगत धेरै बगेको उहाँले बताउनु भयो । अस्पताल नजिकै भएका कारण नर्सहरू बाटोमै गएर एम्बुलेन्समा साल निकालेपछि बाँच्न सफल भएको उहाँले बताउनु भयो ।

जिल्लाका ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा आवश्यक सामाग्री नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक औजार र उपकरण नहुँदा स्थानीयले महङ्गो गाडी भाडा तिरेर सामान्य प्रसुति गराउन समेत जिल्ला अस्पताल सल्यानमा पु¥याउनु पर्ने बाध्यता रहेको छ ।

अहिले ग्रामिण भेगका अधिकांश महिला अझैपनि जिल्ला अस्पताल सल्यानमा आएर सुरक्षित प्रसुति सेवा लिने गरेका छैनन्् । ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा भनेको समयमा सबै सेवा प्रयाप्त नभएको भन्दै महिलाहरू सेवा लिन जिल्ला अस्पताल पुग्नु पर्ने बाध्यता रहेको छ ।

सामान्य प्रसुतिकै लागि जिल्ला अस्पताल
जिल्ला अस्पतालमा दैनिक १० देखि १२ जना प्रसुति सेवा लिन आउने गरेको कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा कार्यरत डाक्टर प्रदीप शर्माका अनुसार सेवा लिन आउने मध्ये अधिकांश महिलाहरू सामान्य प्रसुति भएर फर्किने गरेका छन् ।

स्थानीय स्वास्थ्य संस्थामा सेवा नलिएर जोखिम मोलेर जिल्ला अस्पताल सल्यानमा आउदा बाटोमै प्रसुति हुने खतरा रहेको डाक्टर शर्माले बताउनु भयो । उहाँले स्थानीय स्वास्थ्यकर्मीहरूले जनतालाई आफुले दिने सेवाको बारेमा विश्वस्त पार्न नसकेका कारण पनि स्थानीय स्वास्थ्य संस्थामा सेवा लिनेको कमी रहेको बताउनु भयो ।

स्वास्थ्यसँग जोडिएको सम्पूर्ण जिम्मा स्थानीय तहमा दिएपछि स्रोत साधन सम्पन्न स्वास्थ्य सेवा कार्यालय अन्तर्गत जिल्ला अस्पतालले अनुगमन गर्न नसकेका कारण पनि समस्या भएको हुनसक्ने कार्यालयले जनाएको छ । स्थानीय तहले प्रसुति सेवा जस्तो अति आवश्यक सेवामा उचित ध्यान दिनुपर्ने सरोकारवाला बताउनुहुन्छ ।

जिल्ला अस्पतालमा कर्मचारीको अभाव
जिल्ला अस्पतालमा हाल समायोजनका कारण कर्मचारीको अभाव भएको छ । दुई जना नर्सले २० जना सम्मका बिरामी हेर्नु पर्ने भएकाले सेवा प्रभावकारी हुन नसकेको अस्पतालले जनाएको छ । इमरजेन्सीमा एकै जना पारामेडिक्सले लगातार १२ देखि २४ घण्टासम्म डियुटी गर्ने गरेका छन् ।

अस्पतालमा जटिल किसिमका शल्यक्रिया महिनामा १०÷१२ ओटा हुने गरेको डाक्टर प्रदीप शर्माले जानकारी दिनु भयो । जिल्लामा आएका सम्पूर्ण बिरामीलाई चाहिएको सम्पूर्ण सेवा दिएको तर स्थानीय संस्थामै उपचार हुन सक्ने सामान्य केसहरू आएपछि भिडभाड अझै बढ्ने गरेको कारण समेत सेवा प्रभावित हुने गरेको शर्माले बताउनु भयो ।

आवश्यक स्वास्थ्यकर्मीहरू पठाइदिन प्रदेश सरकारसँग ताकेता गर्दा पनि सरकार मौन रहेको छ । जिल्लाका नेता र स्थानीय तहका प्रमुखहरूले पनि आप्mनो मान्छे बिरामी पर्दा मात्र चासो दिने तर अस्पतालका समस्या समाधान गर्न सामान्य चासोसम्म दिन नसकेको उहाँले आरोप लगाउनु भयो । स्थानीय स्वास्थ्य संस्थाको सेवा गुणस्तरीय बनाएर सेवाग्राहीको विश्वास जगाउन र जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी पूर्ति गर्न सम्पूर्ण सरोकारवालाहरूको ध्यानाकर्षण हुन जरुरी रहेको उहाँले बताउनु भयो ।

87481448_2501639606776612_849188976576167936_n 87539128_187836849164442_2430071854463975424_n

अन्य

भिडियो