९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षकोलागि थुनामा रहेका शुक्लागण्डकी नपा–८ ढोरफिर्दीका पीडितकै ६२ वर्षीय बाबुलाई जिल्ला अदालत तनहुँको फागुन १२ गतेको फैसलाले जन्मकैद (२५ वर्ष) सजायको फैसला सुनाएको छ ।
आरोपितलाई बलात्कार र हाडनाता करणी मुद्दामा दोषी ठहर गरि न्यायधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले सो फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो ।
छोरीलाई बलात्कार गरेको आरोपमा बाबुविरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा ०७६ भदौ ३ गते जाहेरी दिएका थिए । प्रहरीले भदौ ४ गते आरोपितलाई घरबाटै गिरफ्तार गरि भदौ ५ गते जिल्ला अदालतमा बलात्कार र हाडनाता करणी सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
आरोपित ०७६ भदौ २९ गते देखी पुर्पक्षको लागि थुनामा थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७६ भदौ ४ गते दमौली अस्पतालमा गरिएको थियो ।