INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई अपहरण गरि बलात्कार गरेको घटनाका फरार आरोपित मिथिलाविहारी नपा–२ बस्ने २७ वर्षीय अकलेश कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन ४ गते गिरफ्तार गरेको छ ।

मिथिला विहारी नपा–२ मिथिलेश्वर चौकबाट १३ वर्षीया बालिकालाई अपहरण गरेर काठमाडौं, सिन्धुली र दोलखामा राखी बलात्कार गरेको पीडित बालिकाले बताउनु भएको छ ।

पीडित बालिकाले ०७६ पुस २४ जिल्ला प्रहरी कार्यालय धनुषामा अकलेशविरुद्ध शरिर बन्धक तथा जबरजस्तीकरणी मुद्दा दायर गरेपछि आरोपितलाई खोज्दै जाँदा जनकपुर आएको गोप्य सूचनाको आधारमा फागुन ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी इन्स्पेक्टर अशोक कुमार झाले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो