INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकको हत्या गरेको कसुरमा आजीवन कैद सजायको फैसला

बेलका नगरपालिका–८ का ६५ वर्षीय ज्येष्ठ नागरिक सलेशमान राईको हत्या गरेको कसुरमा जिल्ला अदालतले दुई जनालाई फागुन ४ गते आजीवन कैद सजायको फैसला गरेको छ ।

न्यायधीश दीपक खनालको इजलासले हत्या गरेको कसुर ठहर गर्दै भोजपुर हतुवागढी गाँउपालिका–९ का २५ वर्षीय सामयुल राई र २७ वर्षीय आइमान राईलाई कैद सजायको फैसला गरेको छ ।

अदालतको सोही आदेशले पीडित परिवारले पाउने गरी कसुरदारबाट जनही एक–एक लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

आरोपितद्वयले ०७६ वैशाख २ गते हत्या गरेको आरोपमा पीडित परिवारले आरोपित विरूद्ध वैशाख ७ गते इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका थिए ।

आरोपितद्वयलाई प्रहरीले साउन ३० गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएको थियो ।

शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) मा वैशाख ३ गते गरिएको थियो ।

अन्य

भिडियो